थप समाचारबुधबार, मंसिर ३, २०७१
कुलेखानीमा डुंगा पल्टिंदा दुईजना बेपत्ता
कुलेखानीस्थित इन्द्र सरोबरमा डुंगा पल्टिदा कुलेखानी–१ टोड्के भन्ज्याङ का १४ वर्षका सुनिल गोले र कुलेखानी–४ चारघरेका १८ वर्षका हरि स्याङतान बेपत्ता भएको प्रहरी नायब निरीक्षक देबेन्द्र रानाले जानकारी दिएका छन् ।
डुंगामा चढेका ९ जना मध्ये ७ जना पौडिएर बाँच्न सफल भएको र दुईजना बेपत्ता भएको प्रहरीले बताएको छ ।
अध्याँरोका कारण बेपत्ताको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।
सुरजकुमार भुजेल, मकवानपुर
