समाचारबिहीबार, मंसिर ४, २०७१

भेरी नदीमा बस खस्यो

हिमालखबर

bhurchaurजाजरकोटको खलंगाबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस जाजरकोट छिन्चु सडकखण्डको भुरचौर नजिक भेरी नदीमा खसेको छ । बसमा ४५ देखि ५० जनासम्म यात्रु रहेको जाजरकोटका निमित्त जिल्ला प्रमुख अधिकारी शिवराज सेंढाईले जानकारी दिए ।

“४५ देखि ५० जना यात्रु बसमा रहेको र त्यसमध्ये ४ जनामात्रै बाहिर भेटिएको खबर आएको छ, ठूलै हताहती भएको हुनसक्छ,” सेढाइले भने ।

घटनास्थल सदरमुकाम खलंगादेखि २० किलोमिटर टाढा छ ।

घटनास्थलमा स्थानीयले उद्दार गरिरहेको साथै स्थानीय प्रहरी, सशस्त्र प्रहरी र चौरजहारीबाट सेना समेत खटाइएको उनले जानकारी दिए ।

“म पनि एम्बुलेन्समा घटनास्थलतर्फ जाँदै छु, भर्खरै आधाबाटो मात्रै आइपुगेकाले सबै विवरण पाउन सकेको छैन,” सेढाइले भने, “स्वास्थ्यकर्मी समेत लिएर जाँदैछु ।”

* सच्चाइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>