समाचारबिहीबार, मंसिर ४, २०७१

मोदीको काठमाडौं बाहिरका सबै भ्रमण रद्द (अपडेट)

हिमालखबर

narendra-modसार्क सम्मेलनका लागि नेपाल आउँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर, लुम्बिनी र मुस्ताङ भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम रद्द भएको भारतीय दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी आएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिएका छन् ।

४ मंसीर साँझ काठमाडौंमा केही सञ्चारमाध्यमका सम्पादकहरुसँग भएको कुराकानीमा मन्त्री पाण्डेले मोदीको भ्रमण सुरक्षाका कारणले नभई भारतमा भइरहेको विधानसभा निर्वाचनले बढाएको व्यस्तताका कारण रद्द भएको आफ्नो बुझाई रहेको बताए ।

उनले भने, “सुरक्षाका कारणले भ्रमण रद्द भएको होइन, हामीले भारतीय प्रधानमन्त्रीका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएका थियौं ।”

जनकपुर, लुम्बिनी र मुस्ताङको सुरक्षा व्यवस्था मोदी अनुकुलको बनाइएको भन्दै मन्त्री पाण्डेले भारतीय प्रधानमन्त्रीको काठमाडौं बाहिरको भ्रमण रद्द भएपछि अनेकथरी विश्लेषण र चर्चा भएको बारे आफूले पनि थाहा पाएको बताए ।

भ्रमण रद्द हुनुको वास्तविक कारण थाहा पाउन आफू पनि प्रयासरत रहेको उनको भनाई छ ।

जनकपुर भ्रमण रद्द भएको सम्बन्धमा भने उनलाई जनकपुरमा स्वागत गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति जारी गरेरै दुख प्रकट गरेका छन्।

एमाओवादीको नेतृत्वमा केही मधेशवादी दलहरुले गैर जिम्मेवारीपूर्ण तवरले स्वागत तयारीको विरोध गरेको र सुरक्षा घेरासमेत तोड्ने धम्की दिएकाले मोदीको भ्रमण रद्द हुन पुगेको निधिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Press_Reaese

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>