समाचारबिहीबार, मंसिर ४, २०७१

संवादहीनता हटाउनुस्ः नेम्बाङ

हिमालखबर

संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट । तस्वीरः हिमालखबर

संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट । तस्वीरः हिमालखबर

अध्यक्ष नेम्बाङले ४ मंसिरमा नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै दलहरूलाई तुरुन्तै संवाद गर्न आग्रह गरेका हुन । दुई घण्टा भित्र सहमति गर्छौ भनेका नेताहरूबीच छलफल समेत हुन छाड्नु दुःखद भएको उनको भनाई छ । नेम्बाङले भने, ‘एउटा पक्षले रोल्पा पुगेर भाषणबाट र अर्को पक्षले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्ने अवस्था आउनु राम्रो होइन ।’

आन्तरिक कार्यतालिका संशोधन गरेर ८ माघ भित्रै संविधान जारी गर्न सकिने अध्यक्ष नेम्बाङको विश्वास छ । तर यसका लागि दलहरूबीच छिट्टै सहमति बन्नुपर्ने उनको भनाई छ ।
संविधान एउटा दलको मात्रै नभएर सहमतिको साझा दस्तावेज बन्ने भएकाले दलहरूले धेरै विवाद गर्न आवश्यक नभएको पनि अध्यक्ष नेम्बाङले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>