समाचारशुक्रबार, मंसिर ५, २०७१

एमाओवादी र राप्रपा नेपालले साझा धारणा बनाउने

हिमालखबर

५ मंसीर राप्रपा नेपालका अध्यक्ष कमल थापा र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल बीच दाहाल निवास लाजिम्पाटमा भएको भेटमा कांग्रेस–एमालेले बहुमतबाट संविधान बनाउन लागेकाले कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको दाहालका सहयोगी शिव खकुरेलले बताए ।

भेटमा  एमाओवादी र राप्रपा नेपालबीच संविधानका विवादित विषयमा साझा धारणा बनाउने पनि सहमति भएको छ ।

कांग्रेस–एमालेको साझा धारणालाई अनुसूचिमा राखेर संविधानसभामा पठाउन सकिने धारणा तय गरेका दाहाल र थापाले संविधानसभाको बैठक बोलाएर आफूहरुले पनि साझा धारणा प्रस्तुत गर्ने तयारीमा लाग्ने निर्णय गरेका छन् ।

एमाओवादीले लोकतान्त्रिक गणतन्त्रको पक्षमा वकालत गर्दै आएको छ भने राप्रपा नेपालले संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै आएको छ ।

यसअघि, थापाले  प्रधानमन्त्री सुशील कोइरालासँग पनि भेट गरेका थिए । भेटमा ८ माघमै संविधान जारी गर्नेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>