समाचारआइतबार, मंसिर ७, २०७१
माओवादीेको विस्तारित बैठकमा चन्द पक्ष पनि सहभागी
माओवादीको कुपण्डोलस्थित जनवर्गीय सङ्गठनको कार्यालयमा ७ मंसीरदेखि १२ बजेदेखि शुरु भएको बैठकमा सचिव चन्दसहित उनको समूहका नेताहरुको पनि सहभागिता छ ।
यसअघि ६ मंसीरमा बोलाइएको बैठकमा चन्द पक्षले सहभागी हुने वा नहुने भन्नेबारेमा आफूहरुबीच छलफल भइरहेको बताएपछि बैठक स्थगन गर्दै आजका लागि डाकिएको थियो ।
माओवादीमा विवाद बढ्दै गएपछि सचिव चन्द पक्षले गत हप्ताको पोलिटब्युरो बैठक र केन्द्रीय समितिको बैठक बहिस्कार गरेको थियो । गत हप्ता सचिव चन्दले आफ्नो पक्षको छुट्टै कार्यकर्ता भेला कपिलवस्तुको एक जङ्गलमा गरेपछि माओवादीभित्र विवाद बढ्दै गएको थियो ।
विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यसमेत रहने केन्द्रीय समितिको विस्तारित बैठकमा सचिव चन्द पक्षले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गर्ने भएको छ ।
रासस
