समाचारआइतबार, मंसिर ७, २०७१
सार्कपछि छलफलः दाहाल
उनले ६ मंसीरमा प्रधानमन्त्री निवास वालुवाटारमा संविधानका विवादित विषय संविधानसभामा पठाउने सहमति नभएको बताए । दाहालले भने, ‘‘बाहिर गलत सूचना सम्प्रेषण भयो ।’’
उनले अव विवादित विषयमा सार्क अघि छलफल हुन नसक्ने बताए । प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच संविधानसभामा विवादित विषय लैजाने सहमति भएपछि ७ मंसीर विहान सम्वाद समितिको बैठक बोलाइएको थियो ।
तर, एमाओवादी पुनः आफ्नै अडानमा आएपछि समितिका सभापति बाबुराम भट्टराईले अनिश्चित कालका लागि बैठक स्थगित गरेका छन् ।
