थप समाचारसोमबार, मंसिर ८, २०७१

ओबामाको घोषणापछि नेपाली उत्साहित

हिमालखबर

राष्ट्रपतीय बिशेषाधिकारको प्रयोग गर्दै ओबामाले गरेको घोषणाले बिना कागजातob अमेरिका पुगेका थुप्रै नेपालीहरुले पनि अस्थायी बसोबास गर्ने अनुमति पाउनेछन् । अमेरिकामा ५० हजार बढी आप्रबासीसँग वैधानिक कागजपत्र नभएको अनुमान गरिन्छ । ओबामाको घोषणासँगै अव अवैधानिक रुपमा अमेरिका पुगेकाहरुले लुकेर बस्नुपर्ने छैन ।

उनले यो सँगैै गैरकानुनी रुपमा सिमा पार गर्ने क्रम रोक्नलाई सीमा क्षेत्रमा सशक्त कानुन कार्यान्वायन, त्यहाँ कार्यरत अधिकारीहरुका लागि आवश्यक थप श्रोत–साधनहरु उपलब्धता गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, उच्च क्षमता र बिशेष सीप भएका आप्रवासीहरु, अमेरिकी शैक्षिक सँस्थाहरुमा शिक्षा हासिल गरी सकेका विद्यार्थीहरु र ब्यापारीहरुलाई अमेरिकी अर्थतन्त्रमा योगदान पुराउँने गरी अमेरिकामा बस्ने सजिलो र छरिटो वातावरण बनाउने घोषणा गरेका छन् । पहिलेदेखि अमेरिका भित्र बस्दै आएका लाखौं कागजपत्रविहिन आप्रवासीलाई कानुनी रुपमा बस्ने वातावरण बनाउने कुरालाई उनले जोड दिएका छन् ।

ङिमा पाख्रिन, अमेरिका

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>