समाचारसोमबार, मंसिर ८, २०७१
सार्क राष्ट्रका प्रमुखहरु नेपाल आइपुग्ने समय
सवैभन्दा पहिले श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापक्षे विहान साढे ९ बजे नेपाल आइपुग्नेछन् भने दिउँसो सवा ४ बजे बंगलादेशका प्रधानमन्त्री शेख हसिना आइपुग्नेछिन् ।
यस्तै, अफगानिस्तानका राष्ट्रपति असरफ घानी विहान पौने ११ बजे, भुटानका प्रधानमनत्री छिरिङ तोब्गे विहान सवा ११ बजे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन १२ः५ बजे आइपुग्ने कार्यक्रम छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो ३–३ः१५ बजे र पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ दिउँसो पौने ४ बजे नेपाल आइपुग्ने सूचना विभागले जनाएको छ ।
