समाचारसोमबार, मंसिर ८, २०७१
नेकपा–माओवादीबाट चन्द समूह बाहिरिए
नेत्रविक्रम चन्द पक्षले ८ मंसीरमा केन्द्रीय कार्यालय बुद्धनगरमा पत्र पठाउँदै अब मोहन वैद्यको नेतृत्वमा बस्न नसक्ने घोषणा गरेको छ । ७ मंसीरको विस्तारित बैठकमा आफ्नो भनाइ राखेका चन्दले ८ मंसीर बिहान भने अब सँगै बस्न नसक्ने पत्र पठाएका हुन् ।
पार्टीसँग सम्बन्ध विच्छेद गरेकाे घोषणा गर्दै चन्द पक्षले आगामी कार्यदिशाबारे केही दिनभित्रै निर्णय गर्ने जनाएको छ ।
चन्द पक्षीय केन्द्रीय सदस्य किरण राईले अध्यक्ष वैद्यसँग अव एक ठाउँमा बस्न नसक्ने बताए। उनले भने, ‘‘असन्तुष्ट पक्षलाई पूर्ण वेवास्ता गरियाे, त्यसैले छुट्टै बाटो लिने निर्णय गरेका हौं ।’’
