समाचारसोमबार, मंसिर ८, २०७१
सीके राउत रिहा
राज्य विप्लवको अभियोगमा पक्राउ परेर जेलमा रहेका सीके राउत रिहा भएका छन् । ८ मंसीरमा रु.५० हजार धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
मोरङको रंगेलीबाट २८ भदौमा पक्राउ परेका उनलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, लामो समयसम्म धरौटी बुझाउन नमानेका उनी ८ मंसीरमा भने रिहा भएका हुन् ।
उनलाई काठमाडौंको डिल्लीबजारस्थित कारागारमा राखिएको थियो ।
