समाचारमंगलबार, मंसिर ९, २०७१

श्रीलंकाका राष्ट्रपति आइपुगे

हिमालखबर

Mahinda_Rajapaksa_3_5विशेष विमानबाट बिहानबाट बिहान करिब १०ः१५ बजे ओर्लिएका श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष त्यहींबाट सोझै लुम्बिनी जाने कार्यक्रम छ ।

उनको स्वगतमा लुम्बिनीमा सम्पूर्ण तयारी भइसकेको छ । विमानस्थलमा ९ः३० बजे आइपुग्ने कार्यक्रम भएपनि केही ढिला भएको हो ।

राजापाक्ष नेपाली सेनाको सुपर पुमा हेलिकोप्टरबाट लुम्बिनी जाँदैछन् । लुम्बिनी दर्शनपछि उनी आजै काठमाडौं फर्कने छन् ।

राष्ट्रपति बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन तथा मायादेवी मन्दिरमा विशेष पुजाआजा गर्ने कार्यक्रम छ । श्रीलंककाकोे कार्यकारी पदमा पुगेपछि उनको यो दोस्रो लुम्बिनी भ्रमण हो ।

उनले श्रीलङ्का सरकारको सहयोगमा निर्मित विहार र पुलको उद्घाटन समेत गर्नेछन् ।

राष्ट्रपति राजााक्षको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई जिम्मेवारी दिएको छ ।

भ्रमण समयमा नेपालबाट भारतमा जान सकिने तर भारतीय नाकाबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>