समाचारमंगलबार, मंसिर ९, २०७१
अफगानिस्तानका राष्ट्रपति घानी आइपुगे
सार्क सम्मेलनमा भाग लिन अफगानिस्तानका राष्ट्रपति असरफ घानी विहान ११ः१० बजे काठमाडौं विमानस्थलमा ओर्लिएका छन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहले विमानस्थलमा स्वागत गरेका छन् ।
निर्धात तालिका अनुसार१०ः४५ बजे काठमाडौं आउने भनिए पनि उनी केही समय ढिला गरी आइपुगेका हुन्। घानीको यो पहिलो नेपाल भ्रमण हो।
विमानस्थलबाट सिधै सोल्टी होटलतर्फ लागेका घानीलाई त्यसअघि विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
यसअघि काठमाडौं आइपुगेका श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे विमानस्थलबाटै सिधै लुम्बिनीतर्फ गएका छन्।
