समाचारमंगलबार, मंसिर ९, २०७१

श्रीलङ्काली राष्ट्रपतिद्वारा मायादेवी मन्दिरमा पूजा

हिमालखबर

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर: रासस

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर: रासस

सार्क सम्मेलनमा सहभागी हुन ९ मंसीर विहान काठमाडौं विमानस्थलमा उत्रिएका श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्ष विमानस्थलबाट सोझै नेपाली सेनाको हेलिकप्टरमा लुम्बिनीको बसपार्क नजिक रहेको हेलिप्याडमा अवतरण गरेका थिए ।

राजापाक्षले झन्डै पाँच मिनेट मायादेवी मन्दिर र अशोक स्तम्भको दर्शन र अवलोकनमा विताए । उनले मायादेवी मन्दिर परिसरमा शान्ति दीपसमेत प्रज्ज्वलन गरे ।

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उनँलाई नागरिक अभिनन्दनसहितको उपहार टक्र्याएका थिए ।

त्यसैगरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा श्याङ्बा शेर्पाले बुद्धको प्रतिमूर्ति र मायादेवीको चित्र अङ्कित थान्का पनि उनलाई प्रदान गरे ।

सो अवसरमा मन्त्री पौडेलले श्रीलङ्काली राष्ट्रपतिको दोस्रो लुम्बिनी भ्रमणले लुम्बिनीको समग्र विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>