थप समाचारमंगलबार, मंसिर ९, २०७१

सार्क राष्ट्रका प्रमुखहरु काठमाडौं आइपुगे (अपडेट)

हिमालखबर

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद ९ मंसीर दिउँसो ४ः१५ बजे काठमाडौं आइपुगेकी छन् । वाजेदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शिष्टाचार महापाल कालीप्रसाद पोखरेल र नेपालका लागि बङ्गलादेशका राजदूत मश्फी बिन्टे शाम्सले स्वागत गरे ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ दिउँसो ३ः४५ बजे काठमाडौं आइपुगेका छन् । उनलाई शिष्टाचार महापाल पोखरेल र नेपालका लागि पाकिस्तानका राजदूत अर्सद सउद खोसाले स्वागत गरे ।

त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो अपराह्न ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । उनले ९ मंसीरमै वीर अस्पताल परिसरमा निर्माण गरिएको ट्रमा सेन्टरको उदघाटन गरेका छन् ।

काठमाडौं आइपुग्ने सार्क राष्ट्र प्रमुखहरु

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे (६९) सवैभन्दा पहिले नेपाल अाइपुगेका हुन् । उनी विहान साढे ९ बजे त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा उत्रे लगत्तै लुम्विनी भ्रमणमा निस्केका छन् ।

हिमालखबर
मंगलबार , ९ मंसीर २०७१ २:३३ पम

अफगानिस्तानका राष्ट्रपति असरफ घानी (६५), राजापाक्षेपछि नेपाल अाइपुगे । उनलाई नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री बामदेव गाैतमलगायतका मन्त्रीहरुले स्वागत गरे । घानी विहान पाैने ११ बजे नेपाल अाइपुगेका हुन् ।

यस्तै, माल्दिभ्सका राष्ट्रपति, अब्दुल्ला यमिन (६५) र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पनि नेपाल अाइसकेका छन् ।

सम्बन्धित समाचारः

यस्ता छन् सार्कका कार्यकारीहरु

मोदी चारवटा सैनिक विमानसहित काठमाडौंमा

सार्क राष्ट्र प्रमुखहरुको रोचक पक्ष

श्रीलङ्काली राष्ट्रपतिद्वारा मायादेवी मन्दिरमा पूजा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>