समाचारमंगलबार, मंसिर ९, २०७१

संविधानमा जति ढिलाई, उति धेरै संकटः मोदी (भिडियो सहित)

हिमालखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदी ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदी ।

९ मंसीर अपराह्न वीर अस्पताल परिषरमा भारतीय सहयोगमा निर्मित ट्रोमा सेन्टर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैले अपनत्व महशुस गर्ने संविधान समयमै निर्माण हुनु पर्ने बताए ।

उनले संविधान एकपटक जारी भइसकेपछि पनि त्यसमा संशोधन गर्दै जान सकिने भन्दै संविधान निर्माण गणितीय आधारमा नभई सहमतिकै आधारमा बनाउन पनि सुझाव दिए ।

उनले भने, “नेपालमा कस्तो संविधान कसरी बनाउने भन्ने त्यो नेपालको आफ्नो निर्णय हो तर, नेपाली जनताको खुशी नै हाम्रो पनि खुशी भएकाले समयमै संविधान बनाउनु होस, ढिलाई गर्नु संकट निम्त्याउनु हो ।”

‘जनकपुर, लुम्बिनी र मुक्तिनाथ चाँडै आउनेछु’
उनले आफूले पहिले गरेको बाचा अनुसार जनकपुर, लुम्बिनी र मुक्तिनाथ यसपटक पुग्न नसके पनि चाँडै समय मिलाएर जाने बताए ।

उनले भने, “जनकपुर लुम्बिनी र मुक्तिनाथका जनतालाई म त्यहाँ नआउँदा भएको निराशा मैले अनुभव गरेको छु, टाढै बाट पनि तपाइहरुको स्नेह बुझेको छु, म चाँडै त्यहाँ आउनेछु ।”

उनले १०० दिनमै दोस्रो पटक नेपाल आउन पाउनु आफ्ना लागि गर्वको कुरा भन्दै नेपाल र नेपालीले दिएको प्रेम र स्नेहको आफू आभारी भएको बताए ।
त्यसैगरी सार्कको आयोजना सफलतापूर्वक गरेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको प्रशंसा पनि गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>