समाचारबुधबार, मंसिर १०, २०७१

सार्क सम्मेलन शुरु

हिमालखबर

१० मंसीर बिहान करिब सवा ९ बजे नेपालको राष्ट्रिय धुन बजाउँदै राष्ट्रिय सभागृहमा शुरू भएको सार्क सम्मेलनमा माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन अब्दुल गैयुमले सार्क अध्यक्षको जिम्मेवारी नेपालका प्रधानमन्त्रीलाई हस्तान्तरण गरे भने प्रधानमन्त्री सुशील कोइरालाले पानसमा दीप प्रज्वलन गरेर सम्मेलनको उदघाटन गरे ।

नेपालले तेस्रो पटक सार्क शिखर सम्मेलनको आयोजना गर्दैछ ।

यसअघि पुस २०५८ र कात्तिक २०४४ मा नेपालमा सार्क सम्मेलनको आयोजना भएको थियो ।

सम्मेलनमा चीन, अमेरिका, दक्षिण कोरिया, मोरिसस, युरोपियन युनियनलगायत नौवटै पर्यवेक्षक मुलुकका प्रतिनिधि पनि सहभागी छन्।

गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर तीन दशकअघि सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सार्कको शुरुवात भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>