समाचारबुधबार, मंसिर १०, २०७१

अर्थपूर्ण क्षेत्रीय एकता चाहिन्छः प्रम कोइराला

हिमालखबर

sushil१८ औं सार्क सम्मेलनको १० मंसीर विहान उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले तीन दशक लामो यात्रा पूरा गर्नै लागेको सार्कलाई प्रगतिको पथमा अग्रसर गराउन एकता र ऐक्यबद्धता आवश्यक भएको बताएका छन् ।

उनले भने, “दक्षिण एशियाका जनतामाझ गरिएका बाचा पूरा गर्नेतर्फ सार्क मुलुक इमानदारीका साथ लाग्नुपर्ने आवश्यकता औंल्याउँदै प्रधानमन्त्री कोइरालाले गरिबी, भोकमरी, आतङ्कवाद, सीमापार अपराध, साना हतियार तथा लागू पदार्थको ओसारपसारको सामना गर्न सार्क मुलुकले सामूहिकरूपमा काम गर्नुपर्छ ।”

दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) कार्यान्वयन, सार्क क्षेत्रमा वस्तु तथा सेवा व्यापारको अवरोधरहित ढुवानी र जनताको आवागमनका लागि साझा प्रतिबद्धताका साथ आवश्यक काम गर्न जरुरी भएकोमा प्रधानमन्त्री कोइरालाले जोड दिए ।

कोइरालाले दक्षिण एशिया जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेको र अस्थिर मौसमका कारण जोखिम अझ थपिएकोतर्फ सार्क मुलुकका शीर्ष नेतृत्वको ध्यानाकर्षण गर्दै क्षेत्रीय एकताको भावनाबाट ती चुनौतीलाई परास्त गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे संक्षिप्त जानकारी दिँदै प्रधानमन्त्री कोइरालाले नेपाललाई शान्ति, प्रजातन्त्र र स्थायित्वको मार्गमा अग्रसर गराउन जनचाहनाअनुसारको संविधान लेखनमा लागेको जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>