समाचारबुधबार, मंसिर १०, २०७१
आतंकवादको मिलेर सामना गरौंः मोदी, एकअर्कासँग होइन गरीबीसँग लडौंः शरीफ
उनले सार्क सदस्य राष्ट्रहरुबीच ब्यापार र ‘कनेक्टिभिटी’ को समस्याका बारेमा भने, “एउटा पञ्जाब (भारत प्रशासित) बाट अर्को पञ्जाब (पाकिस्तान प्रशासित) सम्म पुग्न कराची र दुबई भन्दा धेरै समय र धन खर्च हुन्छ । हामीले व्यापारका लागि सोझो बाटो अपनाउनु पर्छ ।”
उनले ब्यापार प्रवद्र्धनका लागि सार्क राष्ट्रहरुबीच भिषा र अन्य प्रक्रिया सहज बनाउनु जरुरी रहेकोमा जोड दिए ।
उनले ब्यापार, लगानी, सहायता, सहयोग र कनेक्टिभिटीले सार्क देशका नागरिकबीच सम्पर्क बढाउनुपर्ने बताए ।
अाफू-आफैं नलडौं: नवाज शरीफ
पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आफूले विवादमुक्त दक्षिण एशिया देख्न चाहेको बताए ।
शरीफले भने, “हामी एकअर्कासँग लडाई गर्नुभन्दा बेरोजगारी, महामारी र गरीबीसँग मिलेर लड्नु पर्छ ।”
उनले भने, “पाकिस्तान यस क्षेत्रमा शान्ति, प्रगति र समृद्धि चाहन्छ । यसै क्षेत्रमा मानव सभ्यताको एक चौथाई हिस्सा छ तर, गरीबी, बिरामी र निरक्षरताबाट यो क्षेत्र ग्रस्त छ । यहाँ सामाजिक र मानवीय सूचकांक सबैभन्दा तल्लो स्तरमा छ ।”
उनले विगतका सबै तिक्ततालाई मेटाउँदै आपसी सहयोग र समृद्धिका लागि गरिबी निवारणको मुद्दामा ऐक्यबद्ध हुनुपर्नेमा जोड दिए ।
दक्षिण एशियाली देशहरुमा आएको बाढीको सन्दर्भ उल्लेख गर्दै शरीफले सार्क देशहरुबीच बाढीपहिरो र मौसमका पूर्व सूचना आदानप्रदान गर्नका लागि पूर्व सूचना सम्प्रेषण प्रणाली स्थापनामा उनले जोड दिए ।
मुठभेड हैन सहकार्य आवश्यकः घानी
अफगानिस्तानका राष्ष्ट्रपति मोहम्मद अशरफ घानीले आफ्नो देशले छद्म युद्ध हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
राजनीतिक र आर्थिकरुपमा यस क्षेत्रका जनतालाई सबल बनाउन दक्षिण एशियाली क्षेत्रको ऊर्जाका स्रोतको सदुपयोग गर्न सामूहिक प्रयास गर्नुपर्नेमा घानीले जोड दिए ।
सार्कको १८ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै घानीले मुठभेडबाट नभई आपसी सहकार्य र समन्वयबाट क्षेत्रीय विकासका लक्ष्यहरु हासिल गर्न पहल गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “यस क्षेत्रमा दूरसञ्चार, रेलमार्ग र हवाईमार्गको सम्पर्कबाट सार्क सदस्य मुलुकहरुलाई एकापसमा जोड्ने काम हुनुपर्दछ ।”

