समाचारबुधबार, मंसिर १०, २०७१

सार्क देशका प्रमुखहरुकाे नजरमा नेपाल

हिमालखबर

सम्बोधन भाषणमा पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले काठमाडाैंलाई सुन्दर शहरको संज्ञा दिए । उनले भने, ‘‘काठमाडौं इज ए ब्युटिफुल सिटी ।’ उनले हिमालयको देशको रुपमा पनि नेपालको प्रशंसा गरे ।

यस्तै, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्षले ऐतिहासिक शहरको रूपमा काठमाडौँको चिनारी गराए । उनले भने, “काठमाडौं इज ए हिष्टोरिकल सिटी ।” राजापाक्षले भगवान् गौतम बुद्धको जन्मस्थलको भ्रमण गर्न पाएकामा प्रशन्नता व्यक्त गरे ।

अफगानिस्तानका राष्ट्रपति महोम्मद असरफ घानीले भने औपचारिकता पूरा गर्दै  सिधै सार्कका गतिविधितर्फ आफ्नो सम्बोधन अघि बढाए ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले काठमाडाैं लाई सुन्दर उपत्यकाको रूपमा प्रस्तुत गरिन् । सम्बोधन भाषणमा उनले भनिन्, “काठमाडाैं इज ए ब्युटिफुल भ्याली ।’

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपाललाई भगवान् बुद्धको जन्मस्थल रहेको पवित्र भूमिको रूपमा लिए । सम्बोधन भाषणमा उनले ‘नेपाल इज ए प्लेस अफ लर्ड बुद्ध ’ भने ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्थल मार्गको पूर्वाधार राम्रो नभएका कारण यस सम्मेलनका लागि स्थल मार्गबाट काठमाडाैं आउन कठिन भएको बताए । उनले सार्क क्षेत्रलाई  बुद्धिष्ट परिपथ बनाउनुपर्ने प्रस्ताव गरे ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल यामिनले गहिरो सामुन्द्रिक मुलुकबाट विश्वको सबैभन्दा अग्लो शिखर भएको नेपालमा अतिथि बन्न पाएकामा खुशी व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>