समाचारबुधबार, मंसिर १०, २०७१

सार्क मन्त्रिपरिषद्को प्रतिवेदन अनुमोदन

हिमालखबर

saarcकाठमाडौंमा १० मंसीर बिहान शुरु भएको शिखर सम्मेलनमा सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिलामन्त्री सम्मिलित मन्त्रिपरिषद्ले पारित गरेको प्रतिवेदनलाई सार्क शिखर सम्मेलनको उद्घाटनसत्रमा अनुमोदन गरिएको छ ।

शिखर सम्मेलनमा आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइराला सार्कको अध्यक्षमा निर्वाचित भएलगत्तै सदस्य राष्ट्रका प्रमुख र पर्यवेक्षकहरुको सम्बोधनपछि प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद्को उक्त प्रतिवेदन अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

सार्क बडापत्रको प्रावधानअनुसार शिखर सम्मेलन शुरु हुनुअघि सदस्य राष्ट्रका विदेश सहसचिवस्तरीय कार्यक्रम समिति, सचिवस्तरीय स्थायी समिति र मन्त्रिस्तरीय मन्त्रिपरिषद्ले कार्यसूची पारित गरेपछि त्यसलाई राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलनमा अनुमोदन गर्ने गरिन्छ ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले १८ औं सार्क शिखर सम्मेलनको विशेष संस्मरणात्मक हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाई सदस्य राष्ट्रका सबै राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई प्रदान गरे ।

त्यसपछि, प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनको पहिलो दिनको उद्घाटनसत्र समापन भएको घोषणा गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>