समाचारबिहीबार, मंसिर ११, २०७१
मोदी र शरीफले हात मिलाए
भारत र पाकिस्तानको चिसिएको सम्बन्धका बीच यी दुई देशका प्रधानमन्त्रीहरुलाई हात मिलाएर संवाद गर्ने अवस्था भने नेपालका प्रधानमन्त्री सुशील कोइरालाले तयार पारिदिएका हुन् । सार्क सम्मेलनका लागि काठमाडौं आएका दुवै प्रधानमन्त्री मोदी र शरीफबीच पहिलो दिन कुनै सम्वाद भएको थिएन ।
यी दुई देशका प्रधानमन्त्रीबीच सामान्य हेराहेर समेत नहुने अवस्था रहेका बेला प्रधानमन्त्री कोइरालाले मध्यस्थताको काम गरेका हुन् ।
हात मिलाएर सम्वाद गर्नुअघि उनीहरुले सामूहिक तस्वीर समेत खिचाएका थिए ।
