समाचारबिहीबार, मंसिर ११, २०७१

काठमाडौं घोषणापत्र जारी गर्दै १८ औं सार्क सम्मेलन सम्पन्न

हिमालखबर

saarc_18काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विशेष समारोहबीच शिखर सम्मेलनको समापन गरेका छन् ।

समापन समारोहमा भाग लिन आठै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखसहित पर्यवेक्षक देशका प्रतिनिधि सहभागी थिए ।

प्रधानमन्त्री कोइरालाले सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमा आयोजना हुने घोषणा गरे भने पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले शिखर सम्मेलनको व्यवस्थापन भव्यरुपमा आयोजना गरेकामा नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद दिए ।

काठमाडाँै घोषणापत्रमा ऊर्जा, स्वास्थ्य, शिक्षा, युवा, महिला बालबालिका, सामाजिक सुरक्षा, दूरसञ्चार, आतङ्कवाद नियन्त्रण, कृषि तथा खाद्य सुरक्षा, गरिबी निवारण, वातावरण, विज्ञान तथा प्रविधि जस्ता विषय समेटिएका छन् ।

सार्कले शान्ति र समृद्धिको सन्देश दिनुपर्छ:कोइराला

समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले दक्षिण एशिया क्षेत्रमा शान्ति र समृद्धिका लागि सामूहिक तथा परिणाममुखी कदम चाल्नुर्नेमा जोड दिए ।

प्रधानमन्त्री कोइरालाले सार्कको कार्यसूची अभिवृद्धिका लागि नेपाल अध्यक्ष मुलुकका हैसियतले निरन्तर समन्वय गर्न तयार रहेको बताए ।

उनले विदेश मन्त्रीहरुबाट सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्यढाँचा (फ्रेमवर्क अफ इनिर्जी कोअपरेसन एण्ड इलेक्ट्रिीसिटी) सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु र काठमाडौँ घोषणापत्र जारी हुनुलाई सम्मेलनको ठूलो सफलता भएको बताए ।

सम्मेलनका अवधिमा भएका सम्झौता, छलफल, रिट्रिट कार्यक्रम र अन्य भेटघाटले सदस्य मुलुकका बीचमा आपसी सद्भाव, भाइचारा, एकता र पारस्परिक सम्बन्धमा बढावा मिलेको प्रधानमन्त्री कोइरालाको भनाई थियो ।

यस क्षेत्रमा जनस्तरको सम्बन्ध विस्तार तथा आर्थिक विकास एवं व्यापार वृद्धि र समृद्धिका लागि साझा लक्ष्य लिएर सँगसँगै लाग्नुपर्नेमा उनले जोड दिए ।

सार्कको उद्देश्य हासिल गर्न यसलाई गतिशील बनाउन हाल भइरहेका कार्यलाई निरन्तरता दिँदै यसको विद्यमान संयन्त्रलाई अझ प्रभावकारी तुल्याउन आफूले भूमिका निर्वाह गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

कोइरालाले भने, “हामीले के चाहन्छौं र के गरिरहेका छौं भन्नेमा हामी नै जिम्मेवार छौं । अहिलेको परिणाम हाम्रा विगतका गतिविधिले पनि देखाउँछ । अब के गर्ने, समय हाम्रो हातमा छ ।”

यस क्षेत्रमा रहेका प्रशस्त स्रोतका सम्भावनालाई ध्यानमा राखेर गरिबी निवारण, कुपोषण, पछौटेपनजस्ता समस्याको समाधान गर्न जोड दिँदै उहाँले यस्ता चुनौतीको सामूहिक सामाना गर्न आब्हान गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>