समाचारशुक्रबार, मंसिर १२, २०७१
हट्यो जोर–बिजोर प्रणाली
काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन गर्न लागू भएको जोर–बिजोर प्रणाली १२ मंसीर दिउँसोदेखि हटेको छ । १८औं सार्क सम्मेलनका लागि काठमाडौं आएका प्रमुखहरु तथा विशिष्ट व्यक्ति १२ बजे नै स्वदेश फर्किएपछि जोर–बिजोर प्रणाली हटेको हो ।
उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारीलाई जोर–बिजोर प्रणाली लागू नहुने प्रहरीका प्रवक्ता माधव जोशीले जानकारी दिए ।
सरकारले ८ मंसीरदेखि जोर–बिजोर प्रणाली प्रणाली लागू गरेको थियो ।
