समाचारशुक्रबार, मंसिर १२, २०७१
धन्यवादको पात्र प्रधानमन्त्री कोइराला
उनीहरुले १८ औं सार्क शिखर सम्मेलन सफल बनाएको भन्दै प्रधानमन्त्री कोइरालालाई सा
माजिक सञ्जालमार्फत धन्यवाद दिएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसमेतले ट्वीट गरेर धन्यवाद दिएका छन् ।
भव्य रुपमा सम्मेलन सफल बनाएको भन्दै श्रीलंकाका राष्ट्रपति महेन्दा राजापाक्षले पनि कोइरालालाई धन्यवाद दिएका छन् । १०–११ मंसीरमा सम्पन्न सम्मेलनमा आएका सार्कका सवै प्रमुखहरु स्वेदश फर्किसकेका छन् ।
