समाचारशुक्रबार, मंसिर १२, २०७१

कञ्चनपुरमा बस दुर्घटनामा दुईको मृत्यु (अपडेट)

हिमालखबर

कञ्चनपुरमा बस दुर्घटनामा दुईको मृत्यु धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको यात्रुबाहक बसको टायर पड्किँदा वाणीमा दुर्घटना भएको हो । १२ मंसीर दिउँसो १.३० बजे म १ ख ४१५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

घाइते २५ मध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परी कञ्चनपुरको दैजी गाविस–१ का ३५ वर्षीय सुरेश थापा र देखतभुली गाविस–८ की भागरती विको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अगाडिको टायर पड्किँदा बस पल्टिएर दुर्घटना भएको गुलरिया इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक बासुदेव अवस्थीले बताए ।

दुर्घटनामा परी डोटी लक्ष्मीनगर–३ गाँजरीका ५० वर्षीय लालबहादुर ओली, कञ्चनपुर देखखभुली–१ की बिरमती बोहरा, डोटी लक्ष्मीनगर–३ गाँजरीका २५ वर्षीय नवीन थापा, कञ्चनपुर कालिका–९ बुटाबारीकी ४० वर्षीया पुष्पा बोहरा, डोटी लक्ष्मीनगर–३ का ४६ वर्षीय करनसिंह पाली, कञ्चनपुर देखतभुलीका २४ वर्षीय खडक कोली, कैलाली अत्तरिया नपा–३ का लालबहादुर विक घाइते भएका छन् ।

यस्तै, कञ्चनपुर कृष्णपुर–१ का १९ वर्षीय राजेन्द्र पन्त, २० वर्षीय खगेन्द्र धामी, चिसापानी–८ का ३७ वर्षीय मनिराम आचार्य, कञ्चनपुर बेल्डाडी–३ का २७ वर्षीय श्रवणकुमार राना, कृष्णपुर–२ बाणीका २२ वर्षीय त्रिभुवन बिष्ट, भीमदत्त नपा–१३ का २३ वर्षीय हेमन्तकुमार सिंह, डोटी सरस्वतीननगर–२ का २५ वर्षीय मिनबहादुर बोहरा, कैलाली धनगढी नपा–३ बैयाबेहडीकी ६० वर्षीया जानकी जोशी, बैतडी कोटेला–३ का ३० वर्षीय लक्ष्मण जोशी, कैलाली धनगढी नपा–३ बैयाबेहडीकी ६० वर्षीया मानमती जोशी घाइते छन् ।

बैतडी कोटिला–३ की ६० वर्षीया धाना जोशी, कैलाली गोदावरी–५ की ६१ वर्षीया दुर्गादेवी भट्ट, कञ्चनपुर देखतभुली–९ की ३६ वर्षीया नारु दमाई, कृष्णपुर–२ बाणीका ३८ वर्षीय रामकुमार राना, कृष्णपुर–३ की ६१ वर्षीया खगी दमाई, कैलाली धनगढी नपा–१३ की २३ वर्षीया दीपा शाह, गेटा राजपुरकी २८ वर्षीया सुमन जोशी र कञ्चनपुरको देखतभुली–८ का ५० वर्षीय दलबहादुर कामी घाइते रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते तीन जनामध्ये कैलाली धनगढी नपा–३ बैयाबेहडीकी ६० वर्षीया जानकी जोशी र गेटाराजपुरकी २८ वर्षीया सुमन जोशीलाई भारतको पिलिभित लगिएको छ भने कैलालीको धनगढी नपा–१३ की २३ वर्षीया दीपा शाहको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइतेहरुको पदमा अस्पताल, सेती अञ्चल अस्पताल र सेवा नर्सिङ्ग होममा उपचार भइरहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>