समाचारशनिबार, मंसिर १३, २०७१
बस दुर्घटनाः ११ को मृत्यु, २४ घाइते
ना. ५ ख. ५४२० नम्बरको बस १३ मंसीर बिहान भीमदत्त राजमार्गको भासु भीर नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
कैलालीको सहजपुर गाविस–२ भासुभीर नजिक बिहान २ बजे दिपायलबाट आउँदै गरेको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । महाकाली सेती यातायात व्यवसायी समितिको बस दुर्घटना हँुदा ८ जनाको घटनास्थलमै, ३ जनाको उपचारको क्रममा मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यालयका एसपी बिक्रम बहादुर चन्दले जानकारी दिएका छन् ।
दुर्घटनामा मृत्यु हुने मध्ये एक जनाको मात्रै सनाखत भएको छ । डोटीको डौड गाविस–५ की ५२ वर्षीया बिष्णादेवी भण्डारीको मात्रै सनाखत भएको घटनास्थलमा रहेका एसपी चन्दले बताए । एक बालक सहित १० जनाको शवको प्रहरीले घटनास्थलमै राखेको छ । बस सडकबाट ५ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र दंगा नियन्त्रण गणबाट खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी अत्तरियास्थित पद्मा र सेवा नर्सिङ्ग होममा पु¥याएको छ । धेरैसजो घाइते डोटीको डौड गाविसका छन् ।
बच्चु बिक, कैलाली
