समाचारशनिबार, मंसिर १३, २०७१
तीन राजदूतको स्वीकृतिपत्र प्राप्त, दुईको बाँकी
केही महिनाअघि सरकारले कूटनीतिक सेवाबाट राजदूतका लागि सिफारिस गरिएका परराष्ट्र मन्त्रालयका सहसचिवहरु अमृतकुमार राई (दक्षिण अफ्रिका), यज्ञबहादुर हमाल (कुबेत) र अम्बिकादेवी लुइँटेल (फ्रान्स) लाई सम्बन्धित सरकारबाट स्वीकृतिपत्र प्राप्त भइसकेको छ भने थाइल्याण्ड र क्यानाडाका लागि क्रमशः खगनाथ अधिकारी र कालीप्रसाद पोखरेलको स्वीकृतिपत्र आउन बाँकी छ ।
सम्बन्धित तीन मुलुकबाट प्राप्त स्वीकृतिपत्र १४ मंसीरमा परराष्ट्र मन्त्रालयले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ । सिफारिस गरिएका राजदूतको संसदीय सुनुवाइ पनि पूरा भइसकेको छ ।
