समाचारशनिबार, मंसिर १३, २०७१

‘शताब्दी पुरुष’ सत्यमाेहन जोशीलाई सयौँ अभिनन्दनपत्र

हिमालखबर

satyamohan_joshi

त्रिमूर्ति निकेतनका सदस्य उषा ठाकुरको संयोजकत्वमा गठित ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’ १५ मंसीरबाट काठमाडौंमा शुरु हुँदैछ । उक्त अवसरमा ९५ वर्षीय जोशीको सम्मानका साथ पाँच फिट उचाइको सप्तनागजडित ताम्रपत्र र रु पाँच लाख राशिको पुरस्कार पनि समर्पण गरिने निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।

महोत्सवका समिति २१ देशमा पनि गठन गरिएको छ ।

तीन पटकका मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति १०, नाटक ५, काव्य २ र कथासङ्ग्रह ५ प्रकाशित छन् । उनले नै संस्थागत रुपमा सहभागी भई पहिलो चोटि कर्णाली अञ्चलका साहित्य र संस्कृतिलाई उजागर गर्नाका साथै कलाकार अरनिकोलाई राष्ट्रियस्तरमा चिनाउन योगदान दिएका हुन् ।

विसं १९७७ वैशाख ३० गते ललितपुरमा जन्मिएका जोशी ९५ वर्षको उमेरमा पनि सक्रिय जीवन विताइरहेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>