समाचारआइतबार, मंसिर १४, २०७१
अर्को क्रिकेट दुर्घटनाः बलले लागेर अम्पायरको मृत्यु
प्रत्यक्षदर्शीका अनुसार फास्टबलरको बल स्टम्पसँग ठोक्किएपछि उछिट्टिएर अम्पायर हिलेल अस्करको अनुहारमा ठोक्किएको थियो ।
इजरायली क्रिकेट संघका अनुसार ५५ वर्षीय अम्पायर अस्कर राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत थिए ।
यो घटना अष्ट्रेलियाली क्रिकेटर फिलिप ह्यूजको मृत्यु भएको दुई दिनपछि शनिबार भएको एएफपीले जनाएको छ ।
क्रिकेट प्रतियोगितामा अम्पायरहरुले खेलाडीजस्तो हेल्मेट लगाउँदैनन् ।
पाँच वर्षअघि वेल्समा फिल्डरले फ्याँकेको बल लागेर एक अम्पायरको मृत्यु भएको थियो ।
‘टाइम्स अफ इजरायल’ का अनुसार स्वास्थ्यकर्मीहरु फिल्डमा पुग्दा अस्करको श्वासप्रश्वास बन्द भइसकेको थियो । उनलाई तत्कालै ब्राजिलाइ अस्पताल पुर्याइयो जहाँ चिकित्सकले अस्करको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

