समाचारआइतबार, मंसिर १४, २०७१
उपेन्द्र यादवले ९ प्रदेशको खाका ल्याए
मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले जातीय आधारमा ९ प्रदेशको प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा एक मधेश/तराई प्रदेशसहित लिम्वुवान, किराँत, ताम्सालिङ, मगरात, नेवाः, नारायणी, तमुवान, कर्णाली/खसान प्रदेश प्रस्ताव गरिएको छ । यादवले प्रदेशसभाको दुई तिहाईले नाम र राजधानी परिवर्तन गर्नसक्ने पनि उल्लेख गरेका छन् ।
यादव एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा, मधेशी संयुक्त मोर्चा र संविधानसभा बहिष्कार गर्दाखेरी एमाओवादीसँग बनेको गणतान्त्रिक मोर्चामा आवद्ध भएर पनि छुट्टै प्रस्ताव ल्याएका छन् ।
