थप समाचारआइतबार, मंसिर १४, २०७१
सरकारी गाडीको ठक्करबाट एकको मृत्यु
पश्चिमतर्फ गइरहेको बा.८.प.४८८३ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आइरहेको बा.१.झ.८६२८ नम्बरको जीपले ठक्कर दिदा जनकपुरका ४० वर्षीय सिकेन्द्र चौधरीको मुत्यु भएको हो ।
मोटर साइकलका पछाडि बसेका मृतकका ३५ वर्षीय श्रीमती मंजुदेवी चौधरी र १० वर्षीय छोरा राहुल घाइते भएका छन् । श्रीमतीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
घाइतेहरुको काठमाण्डौंस्थित न्यूरो हस्पिटलमा उपचारको भइरहेको प्रहरीले जनाएको छ ।
श्याम गुप्ता, बारा
