समाचारसोमबार, मंसिर १५, २०७१

मकवानपुरमा सुमो दुर्घटना, तीनको मृत्यु

हिमालखबर

मकवानपुरमा सुमो दुर्घटना, तीनको मृत्युहेटौडा–काठमाडौं वैकल्पिक मार्गअन्तर्गत मकवानुपरको सिस्नेरी थिङडाँडामा दुर्घटना भएको छ । १५ मंसीरमा भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रौतहट कनकपुर सिमरी–५ का सुर्य कुसुवारको मृत्यु भएको छ । मृत्यु हुने अन्य दुइृ पुरुषको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित सात जना घाइते छन् । उनीलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

ना १ ज २७६६ नम्बरको टाटा सुमो सडकबाट झण्डै दुई सय फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अशोकसुजन श्रेष्ठ, हेटौँडा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>