समाचारमंगलबार, मंसिर १६, २०७१
बालमन्दिरका यौन दुराचारीलाई १६ वर्ष कैद
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पशुपति आचार्यको एकल इजलासले अभियुक्त रविन चालिसे र रविन श्रेष्ठलाई १६ वर्ष कैदका साथै पीडित बालिकालाई जनही एकलाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
बालमन्दिरको विद्यार्थी संगठनका अध्यक्ष रहेका चालिसे र परियोजना प्रमुख श्रेष्ठले अपसी मिलमतोमा १६ बर्षभन्दा मुनिका सुस्त मनस्थितीका तीन बालिकालार्इ निरन्तर बलत्कार गर्दै आएको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले दुबैजनालाई पक्राउ गरि कारवाही अगाडि बढाएको थियो।
बालिकाहरुले आफुहरुलाई अश्लिल भिडियो देखाएर अभियुक्तले बाथरुम र लाइब्रेरीमा लगेर पटकपटक बलात्कार गरेको बयान दिएका थिए।
यससम्बन्धमा हिमालखबरले गत असारमा समाचार प्रकाशित गरेको थियो ।
