थप समाचारमंगलबार, मंसिर १६, २०७१
सडक छेउमा पसल राख्न नपाइने
ललितपुर उपमहानगरपालिकाका प्रमुख ताराबहादुर कार्कीका अनुसार पैदल यात्रीको आउजाउ र सवारी साधन सञ्चालनमा अवरोध सिर्जना गरेकाले त्यस्ता पसल सधैँका लागि हटाइएको हो । कार्कीले कसैले अटेर गरी पसल राख्ने प्रयास गरे कारबाही गरिने पनि बताए ।
जावलाखेल र लगनखेलमा फलफूल, तरकारी, लत्ता कपडालगायत विभिन्न सामान गरी सयौँका सङ्ख्यामा पसल राखिने गरिएको थियो । धेरै मानिसले यस स्थानमा राखिएका पसलबाटै जीवन निर्वाह गर्दै आएका थिए ।
जावलाखेलमा ७ वर्षदेखि फलफूल पसल राख्दै आएका धादिङका महेश उप्रेतीले पसल राख्न नदिने प्रशासनको निर्णयबाट आफूहरूलाई चिन्तित बनाएको बताए ।
पसल राखिएको स्थानमा अहिले फूल रोपिएका गमला राखिएका छन् भने त्यसको सुरक्षाका लागि दैनिक १० जना सुरक्षाकर्मी खटाइएको छ ।
रासस
