समाचारमंगलबार, मंसिर १६, २०७१
हतियारसहित पाँच भारतीय पक्राउ
रौतहटको करुनिया गाविसबाट १६ मंसीर दिउँसो पाँच भारतीय हतियार र गोलीसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट २ थान चाइनिज पेस्तोल, १ थान कटुवा बन्दुक, ४ थान म्यागजिन र गोलीहरु बरामद भएको सशस्त्र प्रहरी बल रौतहटका डिएसपि प्रमोद भारतीले बताएका छन् ।
भारतीय नाकाबाट केही अपराधीहरु नेपाल पसेको गोप्य सूचनाको आधारमा निगरानी र चेकजाँच बढाएको सशस्त्र प्रहरी बल रौतहटले अपराधीलाई समात्न सफल भएको हो ।
पक्राउ पर्नेमा भारत शिवगढका ३५ वर्षीय सुनिल कुमार राजपुत, सीतामढीका २१ वर्षीय कन्हैया कुमार सिंह, २० वर्षीय विकास सिंह र विकास कुमार सिंह तथा मोतीहारीका २२ वर्षीय छोटु सिंह रहेको प्रहरीले जनाएको छ ।
सञ्जय साह, रौतहट
