समाचारबुधबार, मंसिर १७, २०७१
काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बस पल्टिँदा २ को मृत्यु, २१ घाइते
वर्दिया रम्मापुरको ब्यारेकनजिक पूर्वपश्चिम राजमार्गमा १७ मंसीर बिहान बसपल्टँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते २१ मध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना५ख १३०७ नम्बरको यात्रुवाहक बस बिहान ४ बजे दुर्घटनामा परेको हो ।
बसमा सवार ३६ जनामध्ये बसमा च्यापिएका मृतक दुईजनालाई जेसिबीको प्रयोगबाट निकालिएको प्रहरीले जनाएको छ ।
१५ जना गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।
कुहिरोका कारण बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
बसका दुई चालकमध्ये एक फरार रहेको र एकलाई इलाका प्रहरी कार्यालय बाँसगढीले नियन्त्रणमा लिएको छ ।
