समाचारबुधबार, मंसिर १७, २०७१
जोगिमारामा ट्रक दुर्घटना: ४ को मृत्यु, २ घाइते
काठमाडौंबाट चितवन जाँदै गरेको ग १ ख ३९८६ नम्बरको ट्रक जोगिमारा-२ हुग्दी खोलामा १७ मंसीर मध्याह्न दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनामा पर्साको चोरनी–९ का फुल महमद, अनिल महमद र अनवर महमदको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अर्का एकजना मृतकको भने सनाखत भएको छैन । चारै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याइएको छ ।
घाइते चालक र सहचालकलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेको ट्रक एक्कासी पुलबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आजै विहान बर्दियाको रम्मापुरमा काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको बस बर्दियाको रम्मापुरमा दुर्घटना हुँदा २ जनाको मृत्युको भएको थियो भने १५ जना गम्भीर घाइते छन् ।
सानुबाबु तिमिल्सिना, धादिङ्
