समाचारबुधबार, मंसिर १७, २०७१

भट्टराईलाई दिएको स्वविवेकीय अधिकारप्रति राप्रपा नेपालको आपत्ति

हिमालखबर

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका विवादित अन्तर्वस्तुलाई संविधानसभामा कसरी लैजाने भन्ने बारे सभापति बाबुरामभट्टराईलाई ‘स्वविवेकको अधिकार’ दिएपछि राप्रपा नेपालले आपत्ति जनाएको छ ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीद्वारा जारी फरक मतमा गत ३० असोजको संविधानसभाको बैठकले संविधानका अन्तरवस्तुमा सहमति भए सहमतिका आधारमा र सहमति नभए प्रश्नावलीसहितको प्रतिवेदन पेस गर्न समितिलाई स्पष्ट निर्देशन दिएको उल्लेख छ ।

गिरीका अनुसार सभाले दिएको निर्धारित काम गर्न समिति असफल भएको छ तसर्थ सभाको प्रष्ट निर्देशनअनुरुप प्रतिवेदन पठाइदिनुपर्छ भन्ने राप्रपा नेपालले फरक मत राखेको छ ।

समितिलाई सम्बोधन गरी लेखेको उक्त फरक मत औपचारिकरुपमा दर्ता गरी प्रतिवेदन संलग्न गरी पठाइदिन अनुरोध गरिएको छ ।

यता प्रमुख दलहरुले भने समितिबाट लगिने प्रस्ताव संविधानसभामा छलफल, मतदान, बहस नगर्ने शर्तमा सहमति गरेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>