समाचारबुधबार, मंसिर १७, २०७१

सबैको चित्त बुझाउनु चुनौतिपूर्ण छः बाबुराम भट्टराई

हिमालखबर

baburamसंविधान निर्माणमा गतिरोध अन्त्यका लागि प्रमुख दलहरुले ‘स्वविवेक प्रयोग गर्न’ अधिकार दिएपछि १७ मंसीरमा आयोजित पत्रकार सम्मेलनमा एमाओवादी नेता बाबुराम भट्टराईले आफूले पार्टीभन्दा पनि माथि उठेर तटस्थ भूमिका निभाउने दाबी गरेका छन् ।

“हिजो मलाई हटाउन खोजिएकै हो, हस्ताक्षर पनि संकलन गरेर बुझाइएको हो, तर आज उहाँहरुले मप्रति जुन विश्वास गरेर स्वविवेक प्रयोग गर्न सहमति जनाउनुभएको छ, त्यसलाई म चुनौतिपूर्ण अवसरका रुपमा उपयोग गर्छु,” भट्टराईले भने ।

सबैलाई चित्तबुझ्ने निर्णय गर्नु चुनौतिपूर्ण रहेको भन्दै उनले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १८ मंसीरमा भेटर समितिको प्रतिवेदन तयार पार्ने बताए ।

सत्ता साझेदार दलहरुको प्रस्तावलाई प्रस्तावकै रुपमा वा अनुसूचीमा राखेर संविधानसभामा पठाउने भन्ने प्रश्नमा उनले भने, “म कसैको चित्त नदुख्ने गरी प्रतिवेदन लेख्ने प्रयास गर्नेछु।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>