समाचारबुधबार, मंसिर १७, २०७१
‘पहिले हामी सवै नेपाली’
पर्सामा पुगेका राष्ट्रपति रामवरण यादवले सवै भन्दा माथि हामी नेपाली भनेर सोंच्नुपर्ने बताएका छन् । उनले भने, ‘‘मेरो लागि दलित, आदिवासी, जनजाति, मधेसी, पहाडी, मुस्लिम सबै बराबर छन्, पहिला हामी सबै नेपाली हौं, त्यसैले आपसी समझदारी, भाइचारा, सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्दछ ।’’
राष्ट्रपति यादवले शिक्षामा अहिले पनि मधेसी समाज पछाडि परेको उल्लेख गर्दै मधेसको विकास गर्न शिक्षा र स्वास्थ्यको विकासमा केन्द्रित हुनुपर्ने बताए ।
