समाचारबिहीबार, मंसिर १८, २०७१

मन्त्रिपरिषद बैठकः विभिन्न निकायमा नियुक्ति

हिमालखबर

singhdurbar१८ मंसीरमा बसेको मन्त्रिपपरिषद बैठकले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा विष्णु सापकोटा, नेशनल ट्रेडिङ लिमिटेडको अध्यक्षमा दीर्घराज श्रेष्ठ, नेपाल खाद्य संस्थानको अध्यक्षमा प्रकाशबहादुर केसी र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडका अध्यक्षमा किशोरबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली सेनाका महासेनानी ताराविक्रम शाहलाई सहायकरथी र अन्य आठजना प्रमुख सेनानीलाई महासेनानीमा पदोन्नति गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएको सञ्चार मन्त्री डा रिजालले जानकारी दिए ।

त्यसैगरी सभासद् हरिबहादुर खड्काको दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छ ।

सभासद् खड्काको दुर्घटना छानबिनका लागि पुनरावेदन अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा गृह मन्त्रालय र दुवै सुरक्षा निकायको समेत प्रतिनिधित्व रहने गरी जाँचबुझ समिति गठन गरिने छ ।

१७ मंसीरमा बागलुङमा भएको मोटर दुर्घटनामा परी सभासद् खड्का गम्भिर घाइते भएका छन् ।

सरकारले सभासद् खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण खर्च व्योहोर्ने निर्णयसमेत गरेको मन्त्री रिजालले बताए ।

बैठकले इबोला सङ्क्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई इबोला सङ्क्रमण भई मृत्यु भएमा निजको आश्रित परिवारलाई रु २५ लाखसम्म क्षतिपूर्ति दिनसक्ने नीतिगत निर्णय पनि गरेको छ ।

त्यसैगरी सरकारले इटालीको मिलानमा हुने वल्र्ड एक्स्पो २०१५ मा सहभागिता जनाउने र एक्स्पोमा आफ्नो कक्ष राख्नेसमेत निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>