समाचारबिहीबार, मंसिर १८, २०७१
माघ ८ मा संविधान बन्दैनः सिटौला
विराटनगर विमानस्थलमा १८ मंसीरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको कार्यप्रगति अनुसार ८ माघमा संविधान बन्न नसक्ने दाबी गरेका छन् ।
उनले केही गरी दलहरुबीच सहमति भयो र कार्यतालिकामा परिवर्तन गर्न सकियो भने मात्रै समयमा संविधान जारी हुन सक्ने पनि बताएका थिए ।
संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई समितिमा पेस भएका विषयका आधारमा मात्र स्वविवेक प्रयोग गर्न दिएको उनले प्रष्ट पारे ।
रासस
