समाचारबिहीबार, मंसिर १८, २०७१

तराई बर्बाद हुन लाग्यो, चुरे जोगाउनुसः राष्ट्रपति

हिमालखबर

 

???????????????????????????????राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत भएको वृक्षरोपणको अवलोकन गर्न सिरहाको गोविन्दपुर आइपुगेका राष्ट्रपति यादवले चुरे क्षेत्रमा विनास बढेपछि त्यसको प्रत्यक्ष असर तराईका जिल्लामा परेको बताएका छन् । उनले चुरे संरक्षणको अभावमा तराईका जिल्लामा पानी, दूध, दही, माछा, काठ दाउरा र धानको अभाव हुन थालेको बताए ।

राष्ट्रपति यादवले भने, “पानी पहिले पनि पर्थ्याे, बाढी पनि आउँथ्यो तर केही क्षति हुँदैनथ्यो । अहिले किन यति क्षति हुन्छ ? मुख्य कारण हो चुरे जोगाउन नसक्नु । त्यसैले सबै मिलेर चुरे संरक्षण गर्नुको विकल्प छैन ।”

अहिलेकै गतिमा चुरे उजाड भइरहे २१ देखि ३१ वर्षपछि तराई मरुभूमिमा परिणत हुने राष्ट्रपतिको भनाई थियो । उनले भने, “अहिले चौमा गाईभैँसी चराउँछौँ । तराई मरुभूमि भएपछि उँट चराउनुपर्छ, उँटकै दुध खानुपर्छ ।”

“विसं २०३६ मा मैले आफ्नो आँगनमा खानेपानीका लागि हाते कल (पाइप) जडान गर्दा ४० फिटमै पानी आएको थियो,” राष्ट्रपति यादवले चुरे संरक्षणका लागि आग्रह गर्दै भने, “अहिले १५० फिटमा पनि पानी आउँदैन, किन ? चुरे संरक्षण नभएर । यो कुरा सबैले बुझेर चुरे संरक्षणमा लाग्नुपर्छ ।”

करिब १२ मिनेट लामो सम्बोधन गरेका राष्ट्रपति यादवले राजनीतिक कुरा केही गरेरनन् । उनले पटक–पटक चुरे संरक्षण गर्न नसके तराई बर्बाद हुने भन्दै संरक्षणमा जुट्न सबैसँग आग्रह गरे ।

नेपाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालय, लहान, सिरहाले गोविन्दपुरमा १० हेक्टर जग्गामा मसला दुई हजार ८५० वटा, खयर १० हजार वटा, गम्हाईर तीन हजार ५० गोटा र बकाइनो १५० वटा बिरुवा रोपेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>