समाचारशुक्रबार, मंसिर १९, २०७१

सतलोक आश्रम पुगेका २२ नेपालीको अवस्था अज्ञात

हिमालखबर

baba-rampal1-599x275भारतको हरियाणस्थित सतलोक आश्रममा धार्मिक उद्देश्यले पुगेका २२ नेपालीहरु गत २८ कात्तिकदेखि २ मंसीरसम्म उक्त आश्रममा भएको प्रहरी कारबाहीपछि सम्पर्क विहिन भएको उनीहरुका आफन्तले बताएका छन् ।

उनीहरुका परिवारजनले खोजीका लागि परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् ।

इटहरी सुनसरीका मुकेश कार्की र लक्ष्मण बस्नेत, ठिमी भक्तपुरका उमराज ढकाल, सखुआ महेन्द्रनगर धनुषाका ईश्वर श्रेष्ठ र गणेश महतोको अवस्था अज्ञात छ ।

त्यस्तै धनुषा औरही–२ का सन्तोष साह, काठमाडाँै गोँगबुका राजकुमार गिरी, बर्दिया–२ का नन्दराम खैरहा, सिरहा सिकरौन–८ का विजय साह, महोत्तरी भ्रमणरपुरा–४ का शिवपूजन साहको अवस्था पनि अज्ञात छ । यसैगरी कञ्चनपुर भीमदत्तनगरका सुरेश भट्ट र योगेश चन्द, मोरङ ऊर्लाबारीका सुरेश राई, सिरहा असनपुर–६ का विनोद यादव र सिरहा लालपुरका राम सोगारथ महतो पनि हराइरहेका छन् ।

हराइरहेका अन्यमा रौतहट मर्जादपुर–२ का दिनेश महतो र उमेश महतो, सिरहा बर्छावाका राजेन्द्र सादा र शिवचरण यादव, काठमाडौँ जोरपाटीका जाकिर हुसेन, धनुषा मधुकरहीका रामचन्द्र यादव र सिरहा चोहर्वाका उपेन्द्रप्रसाद सिंह छन् ।

पीडित परिवारले अज्ञात रहेकाहरूको खोजतलासका साथै जीवन रक्षाका लाग मन्त्रालयलार्ई आग्रह गरेका छन् । यसैबीच मन्त्रालयका कन्सुलर अधिकृत श्रीधर थापाले पीडित परिवारजनको जानकारी भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई दिनाका साथै आवश्यक पहल गरिदिन पत्राचारसमेत गरेको पीडित परिवारका निर्गुणकुमार महतोले बताए ।

भारतको हरियाणामा आश्रम सञ्चालन गरेर बसेका बाबा रामपाललाई त्यहाँको प्रहरीले हत्याको आरोपमा पक्राउ गरेको छ । उनलाई पक्राउ गर्ने क्रममा सतलोकका भक्त र प्रहरीबीच ४ दिन मुठभेड भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>