समाचारशुक्रबार, मंसिर १९, २०७१

मोदीको क्यारिकेचर गरिएको ‘तीतोसत्य’को प्रशारण रोकियो

हिमालखबर

नेपाल टेलिभिजनबाट प्रत्येक विहिबार राति प्रशारण हुने कमेडी सिरियल ‘तितो सत्य’ को १८ मंसीरको प्रशारण रोकिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि सिरियलमा ब्यङ्ग्य गरिएको भन्दै टेलिभिजनको सेन्सर शाखाले प्रशारणमा रोक लगाएको निर्देशक एवम् कलाकार दीपकराज गिरीले बताएका छन् ।

बिहीबारको प्रशारण रोकिएपछि त्यससमयमा अघिल्लो भागको पुनःप्रशारण गरिएको थियो ।

मोदीजस्तो ब्यक्तिको क्यारिकेचर गर्दा भोली जवाफदेही हुनुपर्ने भन्दै सम्बन्धित पक्षले कारण देखाएको दीपक गिरीले बताएका छन् ।

भारतमै पनि मोदीको क्यारिकेचर गरिने र कुनै पनि लोकतान्त्रिक देशमा कसैको पनि क्यारिकेचर गर्न पाइने गिरीको भनाई छ ।

उनले तीतो सत्यको उक्त भागमा दुई देशबीचको सम्बन्धमा आँच आउने कुनै विषय नदेखाइएको र मोदीको चरित्र पनि नराम्रो नदेखाइएको उल्लेख गरे ।

नेपाल टेलिभिजनका कर्मचारीले विषय नबुझेर पटकपटक दुख दिएको तर अब आफूले नसहने चेतावनी समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>