समाचारशुक्रबार, मंसिर १९, २०७१

जड्याँहा चालकले घरभित्र बस छिराएपछि …

हिमालखबर

कन्काई–३ सुरुङ्गा बजारस्थित हरिप्रसाद ढकालको घरमा मे १ ख ३८० नम्बरको यात्रुवाहक बस पस्दा ९ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये कन्काई नगरपालिका–४ इलुवाबारीका रेनुका खनालको अवस्था गम्भीर रहेको र उनको विर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

अत्यधिक मदिरा सेवन गरेका बस चालक भने प्रहरीको नियन्त्रणमा रहेको इप्रका प्रमुख नवीनकुमार घिमिरेले जानकारी दिए ।

दुर्घटनाबाट ढकालको घर पूर्णतः क्षतिग्रस्त भएको छ । ढकालका परिवार दुर्घटनाको समयमा घरबाहिरै रहेका कारण कुनै मानवीय क्षति नभएको बताइएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>