समाचारशनिबार, मंसिर २०, २०७१
स्थानीय निर्वाचनका लागि संविधान कुर्नु पर्दैन: नेता नेपाल
काठमाडौंमा आयोजित ‘स्थानीय स्वायत्त शासन’ विषयको भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवम एमाले नेता माधवकुमार नेपालले स्थानीय निकाय निर्वाचनको घोषणाका लागि संविधान कुरेर बस्न नहुने बताएका छन् ।
उनले भने, “८ माघमा संविधान जारी भए पनि, नभए पनि चैतभित्रै स्थानीय निर्वाचनको घोषणा हुनुपर्छ, १७ वर्षदेखि स्थानीय निकायको निर्वाचन नभएकाले अन्तरिम कालका लागि भए पनि निर्वाचन हुनु जरुरी छ ।”
स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा ब्यापक भ्रष्टाचार भइरहेको भन्दै नेता नेपालले भ्रष्टाचार रोक्नका लागि छोटो अवधिकै लागि भए पनि निर्वाचन नगरी नहुने बताए ।
“राज्य पुनर्संरचना नहुँदासम्मका अवधिका लागि भए पनि स्थानीयत तहमा जनप्रतिनिधिको निर्वाचन हुनु पर्छ,” उनले भने ।
