समाचारशनिबार, मंसिर २०, २०७१

एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र ‘लिक’ गराउने अख्तियारद्वारा पक्राउ

हिमालखबर

Devi_khechar

गोल्डेन गेट कलेजका निर्देशक देविराम पाण्डे र शिक्षक खेचरनाथ सापकोटा .

शिक्षामन्त्रालयले एमबीबीएस छात्रवृत्ति परीक्षाका लागि २० मंसीरमा ९ वटा केन्द्र तोकेकोमा गोल्डेन गेट कलेज सेन्टरबाट परीक्षा शुरु हुनु केही अघि प्रश्नपत्र ‘लिक’ भएको छ ।

प्रश्नपत्र ‘लिक’ गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्डेन गेट कलेजका निर्देशक देविराम पाण्डे र शिक्षक खेचरनाथ सापकोटासहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।

आयोग स्रोतका अनुसार उक्त प्रश्नपत्र विक्रीका लागि दलाल मार्फत लिक गराइएको हो । प्रश्नपत्र प्रति विद्यार्थी १० लाखका दरले विक्री गरिएको प्रमाण आयोगले फेला पारेको छ ।

छात्रवृत्तिका लागि हुने परीक्षामा अनियमितताको सुइँको पाएको अख्तियारले एक महिनाअघि देखि नै यस विषयमा अनुसन्धान थालेको र एक जना दलाललाई वीरगञ्जबाट पक्राउ गरेर ल्याइएको बुझिएको छ ।

त्यसैगरी प्रश्नपत्र लिक गराए वापत दलालले विद्यार्थीबाट लिएको लाखौं रुपैयाँको चेक र त्यसबापत गरेको तमसुक लगायतका कागजात समेत अख्तियारले बरामद गरेको छ ।

एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले शनिबार लिएको सबै छात्रवृत्ति परीक्षा रद्द गरेको छ । रद्द गरिएको परीक्षा मंसिर २७ गते १ बजे गरिने मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>