समाचारआइतबार, मंसिर २१, २०७१
छोराछोरीको हत्यापछि आत्महत्या
मोरङ बेलबारी–२ का ३५ वर्षीय ताराजुन राईले आफ्नै छोराछोरीलाई पाँसो लाएपछि आफैले पनि आत्महत्या गरेका हुन् । उनले ३ वर्षीया छोरी दिपिका र ५ वर्षीय छोरा दीपेन्द्रलाई पनि पाँसो लगाएको प्रहरीको भनाइ छ ।
उनले शुरुमा छोराछोरीलाई पाँसो लाएपछि आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दुर्गा दाहालले बताए ।
तीनै जनाको शव आफै बस्दै आएको घरमा २१ मंसीर बिहान झुण्डिएको अवस्थामा फेला परेको थियो ।
उनकी श्रीमती अघिल्लो हप्ता अर्कै केटासँग भागेपछि उनी तनावमा रहेको स्थानीयबासिन्दाले बताएका छन् ।
गोपाल गडतौला, झापा
